इद पर्व नजिकिएसँगै सुडान युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायको आह्वान

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १ : ५२


एजेन्सी । सुडानमा जारी युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेको छ ।

इद पर्व नजिकिएसँगे सुडानमा जारी सैनिक र अर्धसैनिकबीचको युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेका हुन् ।

मुस्लिम समुदायको मुख्य पर्व इद उल फित्र शुक्रबारदेखि तीन दिनसम्म मनाइन्छ।

सुडानको युद्ध रोक्न अमेरिका, दक्षिण सुडान, टर्की, साउदी अरब, कतालगायत देशका नेताले आह्वान गरेको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेट्सलेसमेत यो पर्वमा नागरिकलाई सुरक्षित ढंगले विभिन्न ठाउँमा पुग्ने अवसर दिनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्