सुडानमा दुई सरकारी सेनाबीच २४ घण्टे युद्धविरामको सहमति

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ११ : ०१


एजेन्सी । सुडानमा दुई सरकारी सेनाबीच ६ दिनदेखिको लडाइँ एक दिनको लागि रोक्ने सहमति भएको छ ।

नागरिकको अवस्था अत्यन्तै दयनीय भएपछि सुडानी राष्ट्रिय सेना र अर्धसैनिक र्‍यापिड फोर्स आरएसएफबीच गएरातिदेखि लागू हुनेगरी २४ घण्टे युद्धविरामको सहमति भएको हो ।

तर मंगलबाररसम्म दुवै पक्षबीच भीषण लडाइँ चलिरहेकाले युद्धविरामको पूर्ण पालना हुन्छ भन्नेमा शङ्का रहेको बताइएको छ ।२४ घण्टे युद्धविराम गर्ने सहमति भएसँगै ६ दिनदेखि घरभित्रै थुनिएका नागरिक बाहिर निस्किएका छन् ।

दुई सेनाबीचको भिडन्तमा अहिलेसम्म २ सय जनाको ज्यान गएको छ भने सयौँ जना घाइते भएका छन् । तर राजधानी खार्तुम वरपरका ५९ वटा अस्पतालमध्ये जम्मा ५ वटा मात्रै अस्पताल खुलेकाले उपचारमा निकै समस्या भएको छ ।


प्रतिक्रिया दिनुहोस्