एसीसी प्रिमियर कप : आज ओमान र कतार तथा युएई र कुवेत खेल्दै

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : २३


काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) बीच प्रतिस्पर्धा हुनेछ । यस्तै, मुलपानी मैदानमा ओमान र कतारबीच प्रतिस्पर्धा हुनेछ ।

दुवै खेल बुधबार बिहान पौने ९ बजे सुरु हुनेछ ।

ओमान र कतार दुवै जितका साथ प्रतियोगिता सुरुवात गर्न चाहन्छन् । यस्तै, युएई र कुवेत पनि जितका साथ प्रतियोगिता सुरूवात गर्न चाहन्छन् ।


प्रतिक्रिया दिनुहोस्