चुनावी सभालाई सम्बोधन गर्न तनहुँ जाँदै कांग्रेस सभापति देउवा

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : २०


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज तनहुँ जाँदै छन् ।

उनी यही वैशाख १० गते हुने उपनिर्वाचन-लक्षित चुनावी सभालाई सम्बोधन गर्न तनहुँ जाने भएका हुन् ।

डुम्रेमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न सभापति देउवा तनहुँ जाँदै छन् । सभा आज दिउँसो २ बजे हुँदैछ ।

यस्तै चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि तनहुँ जाने कार्यक्रम रहेछ । तनहुँमा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार छन् ।


प्रतिक्रिया दिनुहोस्