काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जस कारण देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम समान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू(भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कारक्षणिक वर्षाको संभावना रहेको छ ।
तराईका थोरै स्थानहरूमा हावा(हुरीको सम्भावना रहेको छ । साथै उपत्यकालगायत देशका धेरै भू(भागहरुमा तुवाँलोको सम्भावना रहेको महाशाखाले जनाएको छ ।