आयल निगमको जग्गा भ्रष्टाचार मुद्दा : सरकारी पक्षका साक्षी फरार

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १० : ०६


काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासमेतको मुद्दामा एकजना सरकारी पक्षका साक्षीलाई पक्राउ पुर्जी जारी गर्न आदेश गरेको छ ।

मुद्दा अभियोजन पक्षका साक्षीमध्येका निमा टासी शेर्पालाई इजलासले पक्राउ पुर्जी जारी गर्ने आदेश गरेको हो । अदालतले पटकपटक आदेश गर्दा पनि साक्षी रहेका शेर्पा उपस्थित नभएपछि पक्रन आदेश भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए ।

‘गोपालबहादुर खड्काको मुद्दाको प्रक्रियामा सरकारी पक्षका साक्षीलाई पटकपटक बकपत्रका लागि आदेश भएको थियो। पटकपटक अभियोजन पक्षकै साक्षी नआएपछि अदालत पक्राउ आदेश गर्न बाध्य भएको हो,’उनले भने ।

न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले सरकारी पक्षका साक्षीलाई पक्राउ पुर्जी जारी गर्ने आदेश गरेको हो ।


प्रतिक्रिया दिनुहोस्