पुटिनका आलोचकलाई २५ वर्षको जेल सजाय

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  २ : ०५


एजेन्सी । रुसी विपक्षी राजनीतिक कार्यकर्ता कारा मुर्जालाई देशद्रोह र युक्रेन युद्धको आलोचना गरेको अभियोगमा २५ वर्षको जेल सजाय सुनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको कारण जेलमा परेका उनी रुसी–बेलायती पूर्व पत्रकार हुन् ।

उनले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै मुद्दाको निन्दा गरेका छन् ।

गत हप्ता उनले भनेका थिए, ‘मैले जे भनेँ त्यो सत्य हो । मलाई एक शब्द पनि पश्चाताप छैन । मलाई गर्व छ ।’


प्रतिक्रिया दिनुहोस्