काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बस्न लागेको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यस्तै राष्ट्रियसभाको बैठक पनि आजै बस्दै छ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो साढे २ बजे बस्नेछ ।