के गर्याे भने स्मार्टफोनको ब्याट्री खराब हुन्छ ?

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ८ : २९


काठमाडौँ । विश्वमा मोबाइल प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढीरहेको छ । योसंगै उपकरणको प्रयोग र मर्मत गर्ने तरिकामा पनि वृद्धि भएको छ । अहिले फोनको लागी सबैभन्दा महत्वपूर्ण भनेको यसको ब्याट्री हो, जसको राम्रोसंग ध्यान राख्नु पर्छ । मोबाइल फोनको ब्याट्रीका बारेमा थुप्रै गलत धारणा रहि आएका छन्, जसलाई मानिसहरु सत्य मानेर आँखा बन्द गरी विश्वास गर्दछन् । स्मार्टफोनको ब्याट्रीको बारेमा रहेको झुट के के हुन् त ?

अधिक चार्ज गर्दा फोनको ब्याट्रीलाई असर

प्रायजसो फोनलाई अधिक चार्ज गर्यो भने ब्याट्री खराब हुन्छ भन्ने कुरा सबैले विश्वास गरेका छन् ।  बढी चार्ज गर्दा फोनको ब्याट्री पड्किन पनि सक्छ । तर वास्तवमा यस्तो हुँदैन, विशषज्ञहरुको अनुसार  फोनको ब्याट्रीमा यस्तो प्रणाली हुन्छ जसले फोन पूर्ण चार्ज भएपछि बिजुली प्रवाहलाई बन्द गरिदिन्छ । यस प्रणालीबाट फोनको ब्याट्रीलाई केहि खराबी हुँदैन ।

जस्तो उदाहरणको लागि एप्पलले आईफोन १० र आईफोन ११ मा  अप्टिमाइज ब्याट्री चार्जिंग फिचर राखेको छ । उक्त फिचर माध्यमबाट फोन ८० प्रतिशत भन्दा धेरै ब्याट्री सकिएपछि मोबाइलमा भएको एप्लाई अप्टिमाइज गरिदिन्छ, जसले ब्याट्री २० प्रतिशत हुँदा पनि पुरै खाली हुँदैन ।

पुरा ब्याट्री सकिएपछि चार्ज 

सबैजसो प्रयोगकर्ता स्मार्टफोनको ब्याट्री पुरै जिरो भएपछि चार्ज गर्नुपर्छ भन्ने सोच्दछन् ।  तर  विशषज्ञको अनुसार यस्तो गर्दा फोनको ब्याट्रीलाई क्षति पुग्छ । डिस्चार्ज हुने कारण ब्याट्रीमा रसायनिक  प्रतिक्रिया हुन्छ, जसले ब्याट्री ब्याकअप कम हुँदै जान्छ । कतिपय प्रविधि कम्पनिहरु यस समस्या सुल्झाउनको लागि आफ्नो फोनमा ब्याट्री म्यानेजमेन्ट फिचर राखेका छन्, यसले एप्सलाई अप्टिमाइज गरेर ब्याट्री स्तरलाई जिरो हुन नदिने बनाएका छन् ।

ब्याट्रीलाई फ्रिजमा राख्ने 

धेरै प्रयोगकर्ता फोन तातो हुँदा ब्याट्रीलाई निकालेर फ्रिजमा राख्ने गर्दछन् । तर यस्तो गर्दा ब्याट्रीलाई क्षति पुग्छ र ब्याट्री ब्याकअपमा सुधार पनि आउदैन । ब्याट्री ब्याकअप बढाउनको लागि फोनमा भएको फिचर्स प्रयोग गर्नुपर्छ । यसको साथै प्रयोग नहुने एपलाई पनि डिलिट गर्नु पर्छ ।

फोनलाई सार्वजनिक पोर्टमा चार्ज गर्ने

प्रायजसो मानिसहरु एयरपोर्ट र रेलवे स्टेशनमा राखिएको चार्जिंग पोर्टबाट फोन चार्ज गर्दछन् । साथै  उनीहरुलाई यसरी फोन चार्ज गर्दा सुरक्षित हुन्छ भन्ने सोच्छन् । तर वास्तवमा यसरी सार्वजनिक चार्जिंग पोर्टमा फोन जोड्दा निजी डाटा बाहिर आउन सक्ने सम्भावना हुन सक्छ । विशषज्ञको अनुसार  ह्याकर्स यस्तो प्रकारको चार्जिंग पोर्टमा रिडर पोर्ट लगाउन सक्छन्, जसले गर्दा प्रयोगकर्ताको मोबाइलमा भएको व्यक्तिगत फोटो, भिडियो र मेसेज लिक हुन्छ । यस्तोमा फोन चार्ज गर्नको लागि पावरबैंकको प्रयोग गर्नु पर्दछ, जुन निकै सुरक्षित तरिका हो ।


प्रतिक्रिया दिनुहोस्