काठमाडौं । नेकपा एमालेले नेता डा. भीमबहादुर रावलसँग वार्ता थालेको छ । डा. रावलसँग आज (आइतबार) पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा टोलीले पहिलो चरणको वार्ता गरेको हो ।
डा. रावलसँग संवादका लागि एमालेले पार्टी उपाध्यक्ष पौडेलको नेतृत्वमा टोलीमा ३ सदस्यीय टोली बनाएको थियो । सो टोलीमा पार्टी सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा पनि छन् ।
डा. रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज विहान ९ देखि ११ः३० बजेसम्म नेकपा (एमाले) क. उपाध्यक्ष विष्णु पौडेलजी, सचिव लेखराज भट्टजी, स्थायी कमिटी सदस्य कर्ण थापाजी र मेरो वीचमा पार्टी केन्द्रीय कार्यालयमा खुलस्त वार्ता भयो । सकारात्मक परिणाम निकाल्ने गरी फेरी बस्ने सहमति गरियो ।’
पार्टीको पूर्व उपाध्यक्षसमेत रहेका नेता रावल एमालेको दशौँ चितवन महाधिवेशनदेखि पार्टीको जिम्मेवारीभन्दा बाहिर छन् ।