आगोले जलेर तुलसीपुरमा एकको मृत्यु

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : ३७


दाङ । दाङमा आगोले जलेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ साततलेका ५८ वर्षीय बलिराज ऐरीको आगोले जलेर मृत्यु भएको हो ।

आगोमा जलेर गम्भीर घाइते भएका बलिराजको उपचारका लागि अस्पताल लैजाने तयारी हुँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घटनास्थलमा रक्सी बनाउन प्रयोग गरिने भाँडाकुँडा र जाँड भेटिएकाले ऐरीको रक्सी पार्ने क्रममा आगोमा परेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस्