एजेन्सी । उदासी, पीडा वा तनाव भावनात्मक रुप हो। यहाँ केही गुमाउने, असहाय महशुस गर्ने वा अन्तोषजनक स्थिती पैदा हुने गर्दछ। यसले ब्रेन क्यामिस्ट्री परिवर्तन हुने गर्दछ, जसका कारण स्मरण शक्ति कम हुने, बेचैनी, उत्साहमा कमी र भोक कम हुने जस्ता समस्या हुने गर्दछ। यस्ता समस्याबाट बच्नका लागि केही उपाय अप्नाउनु पर्ने हुन्छ। आज हामी तपाईलाई ती उपायका बारेमा जानकारी दिदैछौँ।
१) अत्याधिक उदासी र रुन मन लाग्यो भने आँसुलाई बग्न दिनुहोस्। यसो गर्दा शरीरबाट एन्डोमार्फिक नामक रसायन निस्कले गर्दछ, जसले हल्कापनको महशुस गराउने गर्दछ।
२) टच थेरापीबाट स्ट्रस हर्मान कार्टिसोल घटने गर्दछ र अक्सीटोसिन बढ्ने गर्दछ। यसो हुँदा अक्यूपंक्चर, अक्यूपंक्चर, रेकी आदीको सहयोग लिनुहोस्।
३) सोच्नेको एक विशेष तरिका हुने गर्दछ, जसले खास समस्या पैदा गर्ने गर्दछ। जब तपाई कुनै नयाँ ठाउँमा गएपछि सधैभन्दा चाँडै यस्ता पाँच चीज खोज्नुहोस्, जसले सकारात्मक भाव पैदा गरोस्।