काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा एक्लाएक्लै छलफल भएको छ ।
पार्टी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक सकिएको भोलिपल्ट उहाँहरुबीच वान टु वान छलफल भएको हो ।
बिहान ११ बजेदेखि झण्डै डेढ घण्टा छलफल भएको स्रोतको दावी छ ।
वार्तामा केन्द्रीय कमिटीका निर्णयहरुको कार्यान्वयन र आगामी दिनमा कसरी अगाडि बढ्ने लगायत समसामयिक विषयमा विषयमा छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार दुई नेताबीच के के कुरा भयो ? त्यो भने खुल्न बाँकी छ ।
ओली र नेपालबीच दूरी बढिरहेको र केन्द्रीय कमिटी बैठक सकिएकै भोलिपल्ट भएको एकल भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।