अमेरिकालाई चीनको आग्रह – चुहावट भएको पछिल्लो दस्ताबेजबारे विश्वलाई स्पष्ट पार्नू

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ११ : ५६


एजेन्सी । चीनले अमेरिकालाई चुहावट भएको पछिल्लो दस्ताबेजबारे विश्वलाई स्पष्ट पार्न आग्रह गरेको छ ।

अमेरिकी सेनाको गोप्य दस्ताबेज सार्वजनिक भएको विषयमा चीनले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिन अमेरिकी पक्षलाई आग्रह गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिन आवश्यक रहेको बताए । पेन्टागनका केही शङ्कास्पद गोप्य दस्ताबेजहरू हालै सार्वजनिक भएका थिए ।

चुहावट भएका पछिल्ला दस्ताबेजले अमेरिकी सरकार रूस र युक्रेनबीचको द्वन्द्वमा गहिरो रूपमा संलग्न रहेको र आफ्ना सहयोगीहरूको जासुसी गरिरहेको सङ्केत गर्छ ।


प्रतिक्रिया दिनुहोस्