सरकारी टोली र मिटरब्याजी पीडितबीचको वार्ता भंग

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ९ : १५


काठमाडौं । मिटरब्याज पीडित किसान मजदुर संघर्ष समिति र सरकारी वार्ता टोलीबीचको वार्ता भंग भएको छ ।

बिहीबार गृह मन्त्रालयमा भएको निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै मिटरब्याजपीडितहरुले वार्ता भंग गरेका हुन् ।

सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु दोहोर्याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्