फेरि बढ्दै कोरोना संक्रमणको दर, एकै दिन १०६ जनामा संक्रमण पुष्टि

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ७ : १४


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभरबाट १४८८ नमूना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५४१ र एन्टीजेनबाट ९४७ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट ४२ को रिपोर्ट पोजिटिभ आएको छ ।

यो अवधिमा ७४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४३५ पुगेको छ।

मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।


प्रतिक्रिया दिनुहोस्