लगेज फुटेको भन्दै एयरपोर्टमा खटिने कर्मचारीलाई खल्ती भएका लुगा लगाउन रोक

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ५ : २७


काठमाडौं । वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यागेज ह्याण्ड्लिङ सेवा सुधारका लागि नयाँ व्यवस्था सुरु गरेको छ।

यात्रुको चेक्ड ब्यागेज फुट्ने र चोरी हुने घटनाबारे यात्रुका गुनासो बढेसँगै नेपाल एयरलाइन्सले नयाँ व्यवस्था सुरु गरेको हो।

निगमका अनुसार अब एयरपोर्टमा कार्यरत कर्मचारीका लागि गोजीरहित पोशाकको व्यवस्था गरिएको हो ।

यात्रुहरुको सामानको सुरक्षार्थ निगमले ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन समेत निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्