भारतमा एकैदिन १० हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ११ : ३६


एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १० हजारभन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित भेटिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ७ महिना २० दिनपछि १० हजार १५८ नयाँ सङ्क्रमित भेटिएका हुन् ।

यसअघि २४ अगस्टमा १० हजार ७२५ सङ्क्रमित भेटिएका थिए । नयाँ सङ्क्रमितमा दुई हजारभन्दा बढी वृद्धि भएको यो लगातार दोस्रो दिन हो ।

सोमबार ५ हजार ६७६ सङ्क्रमित देखिएका थिए।

योसँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ९९८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्