भारतीय यी अभिनेताले गरे विवाह, मण्डपमै डान्स र अंकमाल (फोटोभिडियो)

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ५ : २६


भारतीय टेलिभिजनका कलाकार अनुराग शर्माले विवाह गरेका छन्। चर्चित टिभी सिरियल ये है मोहब्बतेमा काम गर्दै आएका अनुरागले आफ्नी प्रेमिका नंदिनी गुप्तासँग विवाह गरेका हुन्। 

अनुरागले ३१ जनवरीमा आफ्नी प्रेमिकासँग पुरै रीति रिवाजका साथ विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

विवाहका तस्वीरमा अनुरागकी पत्नी नंदिनी रातो पहिरनमा निकै खुलेकी छिन्। अनुरागको विवाहका तस्वीर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन्। 

विवाह मण्डपमा अनुरागले पत्नीसँग डान्स गरेर खुसी साटेका छन् भने डान्सपछि नंदिनीलाई अंगालोमा बेरेको भिडियोमा देख्न सकिन्छ।  

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

God bless you both of you.. ❤️❤️

A post shared by vasu (@vaasu____) on


प्रतिक्रिया दिनुहोस्