गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ आज सुनको मूल्य

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ५ : ०४


काठमाडौं । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रति तोला ७६ हजार ५ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । आइतबार पनि सुन प्रति तोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने घटेको छ । आइतबार चाँदीको भाउ प्रति तोला ८ सय ९५ रुपैयाँ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोलामा ५ रुपैयाँले घटेर ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्