एजेन्सी । श्रीलंकामा स्थानीय निर्वाचन आर्थिक संकटका कारण अनिश्चित कालका लागि स्थगित भएको छ ।
गत वर्षदेखि आर्थिक मन्दी झेलिरहेको श्रीलंकामा मतपत्र छाप्नका लागि समेत रकम अभाव भएका कारण यहि अप्रील २५ मा हुन लागेको निर्वाचन स्थगित गरिएको हो ।
श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणाबर्धनेले निर्वाचन आयोग र राजनैतिक दलका नेतासँगको गहन छलफलपछि अनिश्चित कालका लागि निर्वाचन स्थगित गर्ने घोषणा गरेका हुन् ।
यसअघि गत ९ मार्चका लागि तय गरिएको निर्वाचनको मिति २५ अप्रीलका लागि सारिएको थियो ।