हिउँको ढिस्कोमा पुरिएर सगरमाथामा तीन आरोही बेपत्ता

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ४ : २८


काठमाडौं । सगरमाथामा बाटो बनाउने काममा खटिएका तीन शेर्पा आरोही बेपत्ता भएका छन् ।

बेसक्याम्पबाट क्याम्प वानमा जानेक्रममा खुम्बु आइसफल भन्ने स्थानमा ढिस्कोले पुरिएर उनीहरू बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा दावाछिरी शेर्पा, पेम्मा तेन्जिङ शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । बिहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ ।

उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ । अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने काम जारी थियो ।

सोही काममा खटिएका आरोहीहरु बेपत्ता भएका हुन् । शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्