के डिटोलले गर्न सक्छन् कोरोना भाइसको विनास ? कम्पनीले दियो जवाफ

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ४ : ४५


एजेन्सी । चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ३६२ जनाको मृत्यु भइसकेको छ। 

चीनबाट फैलिएको कोरोना भाइरसले पूरै विश्वलाई त्रसित बनाएको छ। चिकित्सक, वैज्ञानिक दिनरात यसको औषधि खोजीका लागि काम गरिसकेका छन्। 

यसै क्रममा मानिसमा एक हल्ला फैलिएको छ, जसका कारण कम्पनीले समेत स्पष्टीकरण दिनु परेको छ। मानिसहरुले डिटोल लिक्विडको प्रयोगबाट कोरोना भाइरसको विनास गर्न सकिने हल्ला फैलाएका थिए। उनीहरुले डिटोलको प्रयोगले हात सफा गर्दा कोरोना भाइरस मर्ने बताउँदै आएका थिए।

यस्तो हल्ला तिब्र रुपमा भाइरस भएपछि डिटोल लिक्विड बनाउने कम्पनीले स्पष्टीकरण दिनु परेको छ। कम्पनीले दिएको स्पष्टीकरणमा भनिएको छ, 'यस लिक्विडको स्प्रे गर्दा मानिसको ज्यान लिइरहेको घातक कोरोना भाइरसको विनास गर्न सकदैन्।' 

डिटोल बनाउने वर्कशायर कम्पनीले हामी मानिसलाई यस्तो सुझाव दिन नसक्ने बताउँदै अहिलेसम्म यस्तो कुनै सत्यता नभेटिएको दाबी गरेको छ।   


प्रतिक्रिया दिनुहोस्