नेपालमा कोरोनाबाट एकजनाको मृत्यु, नयाँ संक्रमितको संख्या कति ?

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ५ : ३५


काठमाडौं । नेपालमा कोरोनाबाट झन्डै तीन महिनापछि एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १०६ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार मंगलबार ४७६ पीसीआर र १ हजार ९६० एन्टिजेन गरी कुल २ हजार ४३६ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।

हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ भने सोही अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस्