एकैदिन १२४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४४४ पुग्यो

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : २७


काठमाडौं । पछिल्लो २४ घण्टामा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा १२४ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण देखिएको हो ।

नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्