एमाले अध्यक्ष ओलीले भने – गठबन्धन संस्कृतिले देशलाई ओरालो लगायो

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : २५


नेपालगञ्ज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृतिले विकृति ल्याएको बताएका छन् ।

नेपालगञ्जमा पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठे संस्कृतिले देशलाई ओरालो लगाएको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । यसमा कतिपय विकृति विसंगतिहरु छन्, गठे संस्कृति । यो गठबन्धनको संस्कृति । राजनीति छैन, विचार छैन जसरी भएपनि एउटा निकम्मा सरकार बनाउनुपर्ने र कूकर्म गर्नुपर्ने खालको स्थिति बनाएको छ ।’

यस्तै समस्या र संस्कृतिले देशलाई ओरालो लगाएको ओलीको भनाइ छ । ओलीले युवाहरुलाई ४० वर्ष उमेर कटेपछि पनि युवासंघमै बस्ने र इतिहास छ भनेर गर्व तथा रहर नगर्न र भविष्यको राजनीतिक बाटो बनाउन निर्देशन समेत दिए ।


प्रतिक्रिया दिनुहोस्