काठमाडौं । ईशनाथ नगरपालिका रौतहटका तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्रोत नखुलेको एक करोड ४९ लाख ९७ हजार ८६४ रुपैयाँ रकमलाई बिगो कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार अदालतमा मुद्दा दायर गरेको हो ।
२९ वैशाख ०५१ मा सार्वजनिक सेवा प्रवेश गरेका गुप्ताको २५ जेठ ०७९ सम्मको आम्दानी र खर्चमाथि अख्तियारले छानबिन गरेको थियो ।
आइतबार एक करोड ४९ लाख ९७ हजार ८६३ बिगो दाबी गर्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।