नागरिक उन्मुक्तिले गर्‍यो नेता सुरेन्द्र चौधरीलाई कारबाही

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ८ : १२


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पार्टी हितविपरीत काम गरेको भन्दै नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको छ।

प्रमुख सचेतक गङ्गाराम चौधरीले पार्टी हितविपरीत काम गरेकाले नेता सुरेन्द्रलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको बताए।

पार्टीबाट सुरेन्द्र सङ्घीय चुनावमा दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए।

पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राख्दै आएका सुरेन्द्रले फेसबुकमार्फत आफूले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस्