पेरिस ओलम्पिक महिला फुटबल : आज नेपाल र भियतनाम भिड्दै

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १२ : ३४


काठमाडौं । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गतको एसिया छनोटमा नेपाल आज भियतनामसँग भिड्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।

आजको खेलमा नेपाली टोली बलियो भियतनामलाई हराउँदै अघिल्लो चरण पुग्ने योजनामा छ ।

नेपालले छनोटको दोस्रो चरणमा स्थान बनाउन भियतनामलाई कम्तीमा ४ गोल हान्नुपर्नेछ।

दशरथ रङ्गशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५-१ गोल अन्तरले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस्