संसद भवनअगाडि पुरुषले गरे पेट्रोल खन्याएर आत्मदाहको प्रयास

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ५३


काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनअगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

संसद भवनको एक नम्बर गेट अगाडि हेटौंडाका ५३ वर्षीय एक पुरुषले आत्मदाहको प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनले पेट्रोल खनाएर आगो लगाउन खोजेका थिए ।

उनलाई प्रहरीले बचाएर नियन्त्रणमा लिएको छ। पेट्रोल खन्याएर आत्मदहको प्रयास गरेको प्रहरीले तत्काले थाहा पाएपछि उनलाई बचाउन प्रहरी सफल भएको हो ।

उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । पारिवारिक समस्याका कारण उनले यस्तो गतिविधि गरेकाले सम्झाई बुझाई पठाउने तयारी भएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्