फिफा वरियतामा नेपालको एक स्थान सुधार

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ३ : ५५


काठमाडौं । फुटबलको फिफा वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

फिफाले विहिबार जारी गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं स्थानमा रहेको छ ।

नेपालले भुटान र लाओस सम्मिलित त्रिदेशीय प्रधानमन्त्री कपको फाइनलसहित तीन खेलमा विजयी भएपछि वरीयतामा सुधार भएको हो ।

नेपाल यसअघि डिसेम्बरमा जारी वरियतामा १७५औँ स्थानमा रहेको थियो ।

त्यस्तै दक्षिण एशियाका देशहरुमा नेपालभन्दा अगाडी भारत १०१औँ स्थानमा छ भने माल्दिभ्स १५४औँ स्थानमा रहेका छन् ।

त्यस्तै भुटान १८५ र बंगलादेश १९२, पजिस्तान १९५ र श्रीलंका २०७औं स्थानमा रहेका छन् ।

त्यस्तै फिफाको नयाँ वरियतामा अर्जेन्टिना शिर्ष स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस्