स्थानीय तहलाई गृहको पत्र – बुवाको ठेगान नभएका बच्चाको जन्मदर्तामा मावलीकै थर कायम गर्नू

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : ४४


काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र बाबुको ठेगान नभएको बच्चाको जन्मदर्ताबारे प्रस्ट पारेको छ ।

बुधबार विभागका निर्देशक नवराज जैशीले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरुलाई बोधार्थ दिँदै दुई बुँदे सर्कुलर पठाएका हुन् ।

बुधबार ६ हजार ७ सय ४३ वटै वडा कार्यालयलाई पत्र लेख्दै विभागले यस सम्बन्धमा प्रष्ट पारेको छ । विवाहअघि जन्म भएको तर बुवाको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानामा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राख्न भनिएको छ ।

यस्तै आमाको हालको स्थायी ठेगानामा जन्‍म दर्ता गर्न अनुरोध गरेको छ । यस्तै एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिन भनेको छ।

यसरी जन्मदर्तापछि बुवाको ठेगाना पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्द गरी बुवाकै ठेगानाबाट नयाँ जन्मदर्ता गरिदिन पनि निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्