एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमणसँगै विभिन्न देशका मानिस स्वदेश फर्केका छन्।
विभिन्न देशका सरकारले आफ्ना मानिस भाइरसग्रस्त चीनबाट उद्धार गरेका हुन्।
चीनबाट उद्धार गरिएका व्यक्तीलाई विभिन्न देशले छुट्टै स्थानमा राख्ने गरेको छ। इन्डोनेसियाले पनि आफ्ना नागरिकहरुको उद्धार गरेको छ।
सामाजिक सञ्जालमा विमानस्थलमै मानिसहरुलाई औषधी छर्किदै गरेको भिडियोमा देखिन्छ।
They call it disinfection? Indonesia… no words. pic.twitter.com/FUS85aJ5n1
— Russian Market (@russian_market) February 2, 2020
नेपालले पनि वुहानमा रहेका नेपालीलाई उद्धार गर्ने तयारी गरेको छ।
नेपालीलाई स्वदेश फर्काउने तयारी भएसँगै उनीहरूलाई यहाँ राख्ने सुरक्षित स्थानको खोजी तीव्र पारिएको छ।
उनीहरूमा कोरोना भाइरसको संक्रमण रहेछ भने अरूलाई नसरोस् भनेर सुरुमा सुरक्षित रूपमा अलग्गै राख्नुपर्ने भएकाले अहिले त्यस्तो स्थानको धमाधम खोजी भइरहेको छ।