काठमाडौं । आन्तरिक असहमतिको कारणले रोकिएको माओवादी घटकहरूको संयुक्त अन्तरक्रिया हुने भएको छ ।
माओवादी घटकहरुले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा आगामी चैत २७ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा अन्तर्क्रिया गर्ने भएका हुन् ।
द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि माओवादी घटकहरू एकै ठाउँमा उभिएका थिए ।
माओवादी घटकमा नेकपा माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी, प्रभु साह नेतृत्वको आमजनता पार्टी एक ठाउँमा उभिएका छन् ।
धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, गोपाल किराती नेतृत्वको पार्टी र सन्तबहादुर नेपाली नेतृत्वको पार्टी मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी धारको बैठकमा अनुपस्थित हुने गरेका छन् ।