आत्मसमर्पणका लागि न्यूयोर्क पुगे डोनाल्ड ट्रम्प

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ३ : ४१


काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आफूविरुद्धको फौजदारी मुद्दामा आत्मसमर्पण गर्न न्यूयोर्क पुगेका छन् ।

म्यानहटन जिल्ला न्यायाधिवक्ताको कार्यालयमा आत्मसमर्पण गर्न ट्रम्प आफ्नो निजी जेट विमान चढेर फ्लोरिडाबाट न्यूयोर्क पुगेका हुन् ।

ट्रम्पले मंगलबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा आत्मसमर्पण गरे लगत्तै पहिलो सुनुवाइका लागि म्यानहटन फौजदारी अदालतमा न्यायाधीश समक्ष प्रस्तुत गरिने बताइएको छ ।

ट्रम्पलाई हथकडी भने लगाइने छैन । उनका समर्थकले गर्न सक्ने सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राख्दै न्यूयोर्कमा सुरक्षा व्यवस्था कडा पारिएको छ।


प्रतिक्रिया दिनुहोस्