दाङ । लुम्बिनीका प्रदेश मुख्यमन्त्री लिला गिरी प्रदेश सभा बैठकमा अनुपस्थित भएका छन् ।
सोमबारदेखि सुरु भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गिरी दुई दिन नै अनुपस्थित भएका हुन् ।
सत्तारुढल दलका प्रदेश सभाका सदस्यहरुले भने बैठकमा मुख्मन्त्री गिरीको सरकार अल्पमत परेकाले मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाएका छन् ।
सरकार अल्पमतमा परेको अवस्थामा प्रदेश सभा बैठकमा मुख्यमन्त्री गिरी उपस्थित नै भएनन् ।
सोमबार कांग्रेससहित नागरिक उन्मुक्ती पार्टी, जसपा, लोसपाका प्रदेश सभा सदस्यले अल्पमतमा परेको सरकारले संवैधानिक व्यस्था र नैतिकताका आधारमा बाटो खुला गर्नुपर्ने दबाब दिएका थिए ।