नेपालमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ४ : ३९


काठमाडौं । नेपालमा काेराेनाभाइरसकाे ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ ।

भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनाको नमुनाको निजी सिक्वेन्सिङ गर्दा २४ वटैमा ओमिक्रोन भेरियन्ट देखापरेको हो ।

नेपालमा अहिले ओमिक्रोनका ९ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएसँगै सीमा क्षेत्रमा कोरोना परीक्षण, मास्क अनिवार्य जस्ता व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्