औपचारिक रूपमा नेटोको सदस्य बन्दै फिनल्याण्ड

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ९ : ३६


एजेन्सी । फिनल्याण्ड औपचारिक रूपमा उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नेटो) को ३१औँ सदस्य बन्ने भएको छ ।

फिनल्याण्डका राष्ट्रपतिको कार्यालयले आज नेटोको सदस्य बन्ने सोमबार जानकारी गराएको हो ।

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो, विदेशमन्त्री पेक्का हाभिस्टो र रक्षामन्त्री एन्टी काइकोनेनले ब्रसेल्सस्थित नेटो मुख्यालयमा हुने सम्मेलनमा सहभागी हुने कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

फिनल्याण्डको तर्फबाट हाभिस्टोले मङ्गलबार ब्रसेल्समा अमेरिकी विदेश मन्त्रालयमा यसबारे आवश्यक उपस्थिति जनाउने छन् ।


प्रतिक्रिया दिनुहोस्