दलितले छोएको भन्दै खाना पोखिदिने जनप्रतिनिधि पक्राउ

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : ४१


कास्की । जातीय विभेदको आरोपमा कास्कीबाट जनप्रतिनिधि पक्राउ परेका छन् । जिल्लाको माछापुच्छ्रे गाउँपालिका ५ रिभानका वडा सदस्य रामजी लामिछाने पक्राउ परेका हुन् ।

उनीबिरुद्द स्थानीय सन्तोष परियारका छोराहरुको ब्रतबन्धमा दलितलाई सहभोज गर्नबाट रोकेको आरोप छ । रिभानका चार जनाविरुद्ध पोखराका नारायण परियारले जातीय विभेदको आरोपमा जाहेरी दर्ता गराएपछि लामिछाने फरार थिए ।

व्रतबन्धमा दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेर जातीय विभेद गरेको आरोपमा स्थानीय सन्तोष परियार र सुजन लामिछाने चैत १२ मा पक्राउ परेका थिए ।

फरार रहेका जनप्रतिनिधि रामजी लामिछाने र स्थानीय सरिता लामिछाने आइतबार प्रहरीको सम्पर्कमा आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ ।

ब्रतबन्धको निम्तो मान्न पुगेका पोखरा–२९ भण्डारढीकका नारायण दमाई परियारलाई जातीय विभेद हुने गालीगलौज गरी पाकिरहेको खाना पोखिदिएका थिए ।


प्रतिक्रिया दिनुहोस्