एजेन्सी । भारतमा शनिवार ३ हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।
बितेको एक वर्षमा एकैदिन कोरोना पुष्टि भएको यो सबैभन्दा धेरै हो ।
यस्तै, राजधानी दिल्लीमा पनि सात महिनापछि एक दिनमा सबैभन्दा बढी ४१६ नयाँ सङ्क्रमित भेटिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी तथ्यांक अनुसार भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार नाघेको छ।
हाल भारतमा १८ हजार ३८९ सक्रिय कोरोना संक्रमित छन्। यस्तै, कोरोनाबाट निको हुनेको दर ९८.७७ प्रतिशत छ ।