काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कुनै पार्टी युवा तथा खेलकुद मन्त्रालय लिन इच्छुक छैन बजेट सबै भन्दा थोरै भएर हो कि ? भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत प्रमुख बालेन प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि नेपालले जितेपछि बधाई दिँदै यस्तो प्रश्न गरेका हुन् ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले हराउँदै नेपालले उपाधि जितेको थियो । उनले आज मन्त्रिपरिषद् विस्तार भएको तर्फ इंगित गर्दै कुनै पार्टी युवा तथा खेलकुद मन्त्रालय लिन इच्छुक छैन बजेट सबै भन्दा थोरै भएर हो कि ? भन्दै प्रश्न गरे ।
उनले लेखेका छन् ‘भोट माग्दा युवाले देश बनाउन सक्छ भन्ने युवालाई मौका दिनु पर्छ भन्ने, खेलकुदले देशलाई चिनाउछ भन्ने हरेक खेलकुद प्रतियोगितामा दौडेर उद्घाटन र मेडल बाड्न जाने, कुनै खेलजित्ना साथ नेता हरु बधाइ दिन हानाथाप गर्ने, आज नयाँ सरकार बनेको छ, कुनै पार्टी युवा तथा खेलकुद मन्त्रालय लिन इच्छुक छैन बजेट सबै भन्दा थोरै भएर हो कि ?
अनि खेलाडीले नेपालमा भबिस्य कसरी देख्छ जुन देशमा बिगत ५ महिना देखि खेलकुद मन्त्री पाएको छैन । अनि यस्तो देशमा खेलाडीहरु खेल्दा खेल्दै बिदेश नगए कुन देश को जान्छ ?’