एसईई परीक्षाको सुरक्षामा खटिएका असईको अचानक मृत्यु

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : ०१


महोत्तरी । महोत्तरीमा एसईई परीक्षाको सुरक्षार्थ खटिएका असईको मृत्यु भएको छ ।

जिल्लाको बलवा नगरपालिका १० स्थित श्री राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रको सुरक्षामा खटिएका प्रहरी असई ललनकुमार राय पटेलको मृत्यु भएको हो ।

रौतहटका गौर नगरपालिका–२ घर भएका असई पटेल अचानक स्वास्थ्यमा समस्या भई बेहोस भएका थिए । त्यसपछि पटेललाई उपचारका लागि जनकपुरधाम प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।

सोही अस्पतालमा शुक्रबार बिहान ९ बजे २५ मिनेटमा असई पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्