सरकार र मिटरब्याज पीडितबीच आज वार्ता हुँदै

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ८ : ४६


काठमाडौं । नेपाल सरकारका प्रतिनिधि र मिटरब्याज पीडित समूहका बिचमा आज वार्ता हुने भएको छ ।

पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहबीच आज बिहान छलफल हुन लागेको हो ।

गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बीचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ ।

बिहीबार बिहान १० बजे हुने छलफलमा सरकारी समितिकातर्फवाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन् ।

११ दिन हिँडेर आइतबार मिटरब्याजी पीडितहरू काठमाडौं आइपुगेका हुन्। पटकपटक गरी उनीहरू न्याय माग्न काठमाडौं आउने गरेका छन्। काठमाडौं आएर उनीहरू सुरूमा मातातीर्थमा बास बसेका थिए।


प्रतिक्रिया दिनुहोस्