प्रचण्ड सरकारको तेस्रो मन्त्रिपरिषद् विस्तार आज, ९ दल सरकारमा सहभागी हुँदै

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ७ : ४५


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । दश दलीय सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेकोले आज मन्त्रिपरिषद् विस्तार गरिने भएको हो ।

३ दिनदेखि बस्दै आएको गठबन्धनको बैठकले बुधबार साँझ मन्त्रालयको भागबण्डा टुंगो लगाएको बताइएको छ । बुधबारको बैठकमा गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने पक्का भएको छ।

यस्तै, सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले ५, जनता समाजवादी पार्टीले २, नेकपा एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने सहमति जुटेको छ।

लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी र डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १–१ वटा मन्त्रालय पाउने भएका छन् । ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय सङ्ख्या टुङ्गो लागेको बतायएको छ ।


प्रतिक्रिया दिनुहोस्