सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा, भोलि फेरि बैठक बस्ने

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : ५३


काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न बसेको बैठकले मन्त्रालय सङ्ख्याबारे सैद्धान्तिक सहमति भएको हो ।

बैठकले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरूको नाम बुझाउनेसमेत सहमति भएको छ।

राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ ।भोलि बीहीबार फेरि सत्ता साझेदार दलको बैठक बस्नेछ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने निश्चित भएको छ।


प्रतिक्रिया दिनुहोस्