बालुवाटारको खाजा : भुटेको मकै र मही !

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ८ : ५३


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा खाजाको रुपमा मकै र मोही खाएका छन् ।

सरकार विस्तारको लागि बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरुले मकै र मोही खाजाका रुपमा खाएका हुन् ।

बुधबारको दोस्रो बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले बालुवाटारको खाजा सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

भुटेको मकै र मोही खाइरहेको फोटोहरु सार्वजनिक उनले गाउँको बाल्यकालको याद आएको उल्लेख गरे ।

भट्टराईले सामाजिक सञ्जालमा खाजा खाँदै तस्बिर राखेर लेखेका छन्,’बालुवाटारको खाजा ! भुटेको मकै र मही ! गाउँको बाल्यकालको याद !’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खाजामा मात्रै लाखौँ रुपैयाँ खर्च हुने गरेको तथ्य यसअघि पटक–पटक सार्वजनिक हुने गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्