हिँडेर काठमाडौं पुगेका मिटरब्याज पीडितले आजदेखि माइतीघरमा धर्ना थाल्दै

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ९ : १९


काठमाडौं । मिटरब्याज पीडितहरूले आजदेखि माइतीघर मण्डलामा धर्ना थाल्ने भएका छन् । न्यायका लागि भनेर पैदल यात्रा गरेर आइतबार काठमाडौं पुगेका पीडितहरूले आजदेखि धर्ना थाल्न लागेका हुन् ।

चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका उनीहरू चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र चन्द्रागिरि हुँदै ११औँ दिनमा काठमाडौं पुगेका हुन् ।

उनीहरूको समूहमा ७२ जना पीडित छन् । आफूहरूका माग पूरा नभएसम्म नफर्किने उनीहरूको तयारी छ । मिटरब्याजविरुद्ध यसअघि पनि धर्नामा बसेका उनीहरु सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि फर्किएका थिए । तर सरकारले माग सम्बोधन नगरेपछि उनीहरु हिँडेरै फेरि काठमाडौं आएका हुन् ।

गएको जेठ अन्तिममा पनि देशभरबाट आएका पीडितहरु न्याय माग्दै माइतीघर मण्डलमा धर्ना बसेका थिए । जेठ र साउन गरी दुई चरणमा ६१ दिन धर्ना बसेपछि सरकारले असोज १ गते सम्झौता गरेको थियो । तर, सम्झौता कार्यान्वयन नभएपछि उनीहरू फेरि आन्दोलित हुन थालेका हुन् ।


प्रतिक्रिया दिनुहोस्