न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ।
उहाँ सन् १९९० देखि न्युजल्याण्डको ३४औँ प्रधानमन्त्री बन्नुभएको थियो । उहाँको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले जनाएका छन्।
उहाँको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गर्नुभएको छ । देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको उहाँले स्मरण गर्नुभएको छ।
विश्व व्यापार सङ्गठन ९डब्लुटिओ०लाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पु¥याउन मुरेले नेतृत्वदायी भूमिका खेलेको पनि उहाँले उल्लेख गर्नुभएको छ।
हरेकले उहाँलाई न्युजल्याण्डका लागि र न्युजल्याण्डलाई विश्वसँग जोड्नका लागि जन्मनु भएको थियो भन्ने गरेका छन्, प्रधानमन्त्री जसिन्दाले भन्नुभयो।
उहाँ सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त हुनुभएको थियो।