मिसिसिपीमा टोर्नडो आँधीका कारण कम्तिमा २३ जनाको मृत्यु

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ११ : २७


एजेन्सी । अमेरिकाको मिसिसिपी राज्यमा टोर्नडो आँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति पश्चिमी मिसिसिपीको सिल्भर सिटीमा आँधी आएको हो।

आँधीबाट दर्जनौ घाइते भएको र चारजना बेपत्ता भएको बताइएको छ।

मिसिसिपी आपतकालीन व्यवस्थापन एजेन्सीले पश्चिमी मिसिसिपीको सिल्भर सिटीमा आँधी आएको बताएको छ ।

आँधी आएपछि खोज तथा उद्धार कार्य भइरहेको छ । सयौँ भवन ध्वस्त भएका छन् भने गाडीलाई आँधीले उडाएर समुन्द्रमा पुर्‍याएको छ ।


प्रतिक्रिया दिनुहोस्