विप्लव नेकपाका नेता माइला लामा फेरि पक्राउ

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १० : ४३


काठमाडौं । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका विशेष ब्युरो इन्चार्ज माइला लामा फेरि पक्राउ परेका छन् ।

लामालाई पाटन उच्च अदालतको गेटबाटै प्रहरीले पुनः पक्राउ गरेको छ । 

गत बिहिबार पाटन उच्च अदालतले माइला लामा सहितका चार नेतालाई रिहा गर्न आदेश दिएको थियो।

पाटन उच्च अदालतले लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य नवीन विश्वकर्मा, धीरेन्द्राकुमारी उपाध्याय र ईश्वर परियारलाई रिहा गर्न आदेश गरेको थियो। 

आज रिहा भएसँगै अदालत परिसरबाटै प्रहरीले फेरि प्रकाउ गरेको हो।

एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको घटना र राज्यविरुद्धको अपराधमा दोषी ठहर गर्दै उनीहरुलाई यसअघि पक्राउ गरिएको थियो। 

जिल्ला अदालत ललितपुरले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। 

उक्त अदालतको आदेश विरुद्ध परिवार उच्च अदालत गएको थियो । 

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले गत बिहीबार चारजनालाई निर्दोष ठहर गर्दै रिहाइको आदेश दिएको हो । 

तर आइतबार प्रहरीले अदालतको आदेश लत्याएरै उनीहरुलाई पुनः पक्राउ गरेको छ। 


प्रतिक्रिया दिनुहोस्